गायिका मन्जु पौडेललाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

काठमाडौं । लोकप्रिय गायिका मन्जु पौडेललाई मातृशोक परेको छ । गायिका मन्जुकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा निधन भएको हो ।
केहि समय यता क्यान्सरबाट गसित आमालाई गायिका मन्जुले विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् ।

गीतकार बिमल गौतमले जानकारी दिए अनुसार २ दिनअघी ४ गते मात्रै काठमाडौंबाट गुल्मी जानु भएको थियो । पुगेको २ दिनमै निधन भयो ।
‘भक्तपुर क्यान्स हस्पिटलमा नियमित उपचार गराईरहनु र ४ गते मात्र गुल्मी पुग्नु भएको थियो । ६ गते बिहान १० बजे नै निधन भयो ।’ हामीसँग गीतकार गौतमले भने । बिमल स्व. भगवतीका ज्येष्ठ ज्वाईं र गायिका मन्जुका भिनाजु हुन् ।

मृतक भगवतकीका ५ सन्तान – छोरीहरु बिमला गौतम, मन्जु पौडेल र इन्दु खनाल, छोराहरु सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् ।

शनिबारनै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ । म्युजिक खबर परिवार दिवंगत भगवती ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु