मौसम गुरुङ्गको ‘उडि सरर’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७६, बुधबार

काठमाडौं । गायक मौसम गुरुङ र गायिका विन्दु सुनारको स्वरमा लोकदोहोरी गीत ‘उडी सरर’ बजारमा आएको छ । पछिल्लो समय दोहोरीमा वियोगान्त शैलीका गीतहरु कम देखा पर्न थालेको भए पनि उडी सरर पछिल्लो उदाहरणका रुपमा देखिएको छ । गीतलाई झझल्को म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

गीतमा चेली र माइती विचको प्रेम र स्नेहलाई गीतमा समेटिएको छ । परदेशमा पसिना बगाउदै गरेको माइती र स्वदेशमा रहेको चेलीले महान पर्वमा दाजुभाई नहुदाँको पीडालाई गीतमा प्रस्तुत गरिएको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । परदेशमा कमाउन गएको आफनो भाई जेल परेर बस्दा बाध्यताले चेलीले माइतीलाई टिका लगाउन नपाउँदाको पीडालाई गीतभित्र समेटिएको छ ।

गीतको म्यूजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन् भने रोशन धितालले सम्पादन गरेका छन् । उडी सररको म्यूजिक भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका छन् । गीतको भिडियोमा दिलिप रेग्मी, अम्बिका रोक्का जिसी, विन्दु सुनार, प्रेरणा वोहरा, सुनिल थापा, अमर बहादुर डंगोल, रुकु विष्ट, मैना सुनार र अपसन सुनारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु