
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको अध्यक्षमा माया गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । मंसिर २० गते सम्पन्न भएको प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिको तेस्रो अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएकी हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, प्रथम उपाध्यक्षमा आरसी पौडेल, द्वितीय उपाध्यक्षमा होम गुरुङ, महिला उपाध्यक्षमा मन्जु विक, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा टेक क्षेत्री, कोषाध्यक्षमा सबिना गुरुङ र सहकोषाध्यक्षमा सपना परियार निर्वाचित भएका छन् ।
अधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचित भए पनि प्रथम उपाध्यक्ष, महिला उपाध्यक्ष र सहकोषाध्यक्षमा भने निर्वाचन भएको थियो ।
यसैगरी कार्यसमिति सदस्यमा प्रीति गुरुङ लमजुङ, सरला अधिकारी तनहुँ, कमला गैह्रे स्याङ्जा, किसान नेपाली कास्की, भानुभक्त पौडेल कास्की, दीपक गदाल पर्वत, नेत्र खड्का स्याङ्जा, सुनिमा गुरुङ गोरखा, सूर्य गुरुङ स्याङ्जा, राम प्रसाद ढकाल कास्की, पुजा परियार सेर्पा लमजुङ, पुजा गुरुङ सविता लमजुङ, पुजा कार्की पर्वत, राज बहादुर गुरुङ लमजुङ, विक्रम गुरुङ स्याङ्जा , मदन अर्याल नवलपुर, दिनेश थापा गोरखा र विष्णु कुमार वाग्ले नवलपुर निर्विरोध निर्वाचित भएका थिए ।
राजन कार्कीको सभाध्यक्षमा भएको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले उद्घाटन गरेका थिए । अधिवेशनमा पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण,उपाध्यक्ष खुमन अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सातौँ साधारण सभा र तेस्रो अधिवेशनको अवसरमा तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार राजाराम पौडेल,नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार शिवु गिरी, उच्च शिक्षा पुरस्कार करण कँडेललाई प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा ११ जिल्लाका अध्यक्ष र निवर्तमान अध्यक्षलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही दिन भएको अन्य ६ प्रदेशमा भएको निर्वाचनमा पनि नयाँ कार्यसमिति चयन भएको छ । बागमती प्रदेशमा बालकुमार मल्ल , लुम्बिनी प्रदेशमा दामोदर बस्याल, कर्णाली प्रदेशमा तुलसी शाही, सुदूरपश्चिम प्रदेशमा भिम बिष्ट निर्वाचित भएका छन् । त्यस्तै प्रवास शाखाहरुमा चण्डीगढ भारत शाखामा अमर वली, युके शाखामा मनसुदन थापा मगर, जापा शाखा समुन्द्रराज पौडेल, दक्षिण कोरिया शाखा मिलन थापा, युएईमा नरेन सापकोटा चयन भइसकेका छन् ।