सबिन र बेनिशाको स्वरमा मेलवादेवीको गीत ‘सवारी मेरो रेलैमा’

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७८, आईतवार
benisha-poudel melawadevi ‘सवारी मेरो रेलैमा’

काठमाडौं । रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ ।
उनले बि।सं। १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा’ बोलका गीत रेकर्ड गरार्एकी थिईन् ।

मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो ।
प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत यतीबेला पुन रेकर्ड भएको छ ।
यो गीतलाई यसपटक सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन् । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुन रेकर्ड गराएको हो ।
यो गीत सुन्नको लागि आफु खोज्दा सहज रुपमा नपाएपछि नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा आफुले रेकर्ड गराएका यसका पुन एरेन्जर राजेन्द्र बजगाईंले बताएका छन् ।
गीतमा पुन संगीत संयोजन राजेन्द्रले गरेका हुन् ।
गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन् ।

मेलवादेबी प्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।
भिडियोलाई केशब राज भट्टले तयार गरेका हुन् ।
जसमा गोविन्द अन्जानको छायाँकन र राजेश कुमारको सम्पादन छ ।
यो गीतलाई गायक सविन र गायिका बेनिशाले न्याय गरेको छन् ।
गीत पुरानै स्वादमा तयार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु