
काठमाडौँ, ८ कार्तिक। त्रि आत्मा म्युजिक प्रालीको प्रस्तुतीमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज याम थापा मगरले गरेका छन । निशान एस केको निर्देशन , सागर गौत्तमको छायाँकन , प्रकाश एस केको सम्पादन गीतमा रहेको छ । गीतमा विनोद र पुजनको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।