दर्शकको मन जित्दै मेलिनाको ‘भेट भयो माया’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको स्वरमा ‘भेट भयो माया’ बोलको लोक दोहोरी गीतले स्रोता दर्शकको मन जित्दै गएको छ । यसैबीच दुइहप्ता अघिमात्र सार्वजनिक भएको उक्त गीतमा अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको छ । गोर्खा म्युजिक प्राली उत्पादक एवं वितरक रहेको उक्त गीतमा काजिश श्रेष्ठ र चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको छ ।

उक्त गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफर एवं निर्देशक गरेका छन् भने सोही गीतको छायांकन गोदावरी क्षेत्रमा गरिएको हो । उक्त सार्वजनिक गीतका भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन् । योे गीतको रेकर्डिङ पिज्म स्टुडियोमा गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु