मेलिना राईको स्वरमा ‘हाम्रो माया’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौ । मेलिना राईको स्वरमा ‘हाम्रो माया’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अशोक कुमार तामाङको शब्द रहेको छ भने सोही गीतमा सुर्य दयालुको संगीत रहेको छ । त्यस्ते रिकेश गुरुङको संगीत संयोजन रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा नेपाल आइडलका कृशल कंडेल र रिमा गौतमको अभिनय रहेको छ ।

नेपाल आइडलको दोश्रो संस्करणमा सहभागी भइ सुमधुर स्वर मार्फत प्रिय बनेका कृशल पछिल्लो समय अभिनयमा पनि पाइला चालका छन् । ‘हाम्रो माया’ बोलको म्यूजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु