• ट्रेन्डिङमा मेलिनाको राईको ‘म भन्दा नि’ भाग-२ ‘धेरै माया गर्ने मान्छे’ (भिडियो सहित )

    म्यूजिक खवर
    प्रकाशित: ९ बैशाख २०७६, सोमबार

    चर्चित गीत म भन्दा नि को भाग २ “धेरै माया गर्ने मान्छे” सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ । पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु