विवाहको तयारी गरिरहेका मेलिना र सन्जिबले तोडे इन्गेज्मेन्ट

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

काठमाडौँ । फिल्मी होस् या सांगीतिक क्षेत्र होस्, जहाँ अफेयर्स, विवाह, ब्रेकअप अनि प्याचअपका खबरहरु सार्वजनिक हुनु नौलो हैन । यतिबेला इन्गेज्मेन्ट नै भइसकेको जोडी विवाह पूर्व नै छुटेको खबर बाहिरिएको छ । लोकप्रिय गायिका मेलिना राई र चर्चित गिटारिस्ट सन्जिब बराइलीको इन्गेज्मेन्ट तोडिएको छ । यो खबर सुन्नेलाई अपत्यारिलो लाग्न सक्ला । इन्गेज्मेन्ट गरेर विवाहको तयारी गरिरहेका यो जोडी अब सम्बन्धबाट पछि हटेका छन् ।

करिब चार महिना अघि गायिका मेलिना राईले फेसबुक मार्फत आफूहरु इन्गेज भएको घोषणा गरेकी थिइन् । उनले लेखेकी थिइन – उनले ‘To the new biginning….. got engaged with Sanjeev baraili’ भन्दै आफ्नो प्रेमी सन्जिव बराईलीसंग औँठी साटासाट गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

मेलिनाले २ वर्ष पछि इन्गेजमेन्टको सो तस्वीरलाई आफ्नो फेसबुकमा नया सुरुवात लेख्दै ‘टुबीहजबेन्ड’ ह्यास्ट्याग राखेर २ जनाको तस्वीर सार्बजनिक गरेकी थिइन् ।

उनको पोस्ट र तस्बिर सार्वजनिक भए लगतै सामाजिक सञ्जाल तातिएको थियो । मिडियाले समेत महत्वपूर्ण स्थान दिएका थिए ।
तर यतिबेला चार महिनाको अन्तरालमै उक्त निर्णय भूलबश गरेको र इन्गेज्मेन्ट तोडिएको भन्दै मेलिनाले एउटा पोष्ट सार्वजनिक गरेकी छिन् । मेलिनाले लेख्छिन् –
बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु