दुई बहिनीको अभिनय रहेको ” गाउँकि गोरी ” (भिडियो हेर्नुहोस)

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

नेपाली पाश्र्व गायनमा अहिले सबैभन्दा बढी ब्यास्त गायिका हुन्, मेलिना राई । उता म्युजिक भिडियोकी ब्यस्त मोडल तथा चलचित्र ‘लुट–२’बाट चलचित्रमा समेत डेब्यु गरिसकेकी अभिनेत्री हुन्, एलिशा राई । प्रसंग हो गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘म त गाउँकी गोरी रे’को ।

केही महिना अगाडी काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सो गीत सार्वजनिक गरिएको थियो । ‘माया’ एल्बममा समावेश गीतमा माया मगरको शब्द र उत्तम जंग लिम्बुको संगीत रहेको छ । चर्चित कोरियोग्राफर कलम राईको निर्देशनमा बनेको भिडियोमा एलिशा राई फिचरिङ छिन् । सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोलाई दर्शकहरुले धेरै रुचाएका छन् । यस गीतसंगै मेलिना राई, माया मगर र उत्तम जंग लिम्बु संयुक्त एल्बमपनि सार्वजनिक भएको थियो ।

हेर्नुहोस दुई बहिनीको अभिनय रहेको ” गाउँकि गोरी रे ” गीत को भिडियो

 

यो । वरिष्ट संगीतकार शम्भुजित बाास्कोटाको प्रमुख

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु