• मेलिना राई र कुसल थलङको मारुनी भाका सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ श्रावण २०७८, सोमबार

    काडमाडौँ । मेलिना राई र कुसल थलङको आवाजमा रहेको “दुईदिने चोला” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम लिम्बू इम्बुङ, सोनु थोक्लुङ, कुसल थलङ, करिश्मा क्षेत्री, कृष्टि मिभक, निश्चल कुलुङ लगायतको अभिनय रहेको छ ।

    त्यसैगरी अनिल रानाको सम्पादन, दिनेश माङ्मुको निर्देशन र कोरियोग्राफी रहेको छ भने सहायक निर्देशनमा विष्णु मोक्तान, क्यामेरामा शीरकुमार राई र महेश सिग्देलको श्रृङ्गार रहेको छ । म्युजिक भिडियो कुसल थलङ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु