काठमाडौं । कर्णप्रिय स्वरका धनी गायक मनोजराज शिवाकोटी र गायिका सुजाता बर्माको स्वरमा ‘वेदनाको भेल’ गजल सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गजलमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने डा. केशव शर्माको शब्द रहेको छ ।
निकै कर्णप्रिय उक्त गीतको म्यूजिक भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन हेमप्रभाश अधिकारीले गरेका छन् । भिडियोमा गजित विष्ट र आरोही शर्माको अभिनय रहेकोम छ ।