सन्तोषको संगीत, मनोजराज र सुजाताको स्वरमा ‘बेदनाको भेल’

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७७, मंगलवार

काठमाडौं । कर्णप्रिय स्वरका धनी गायक मनोजराज शिवाकोटी र गायिका सुजाता बर्माको स्वरमा ‘वेदनाको भेल’ गजल सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गजलमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने डा. केशव शर्माको शब्द रहेको छ ।

निकै कर्णप्रिय उक्त गीतको म्यूजिक भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन हेमप्रभाश अधिकारीले गरेका छन् । भिडियोमा गजित विष्ट र आरोही शर्माको अभिनय रहेकोम छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु