शब्द, संगीत र स्वरको उत्कृष्ट संगम : बिनासित्ति

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०८०, बुधबार

काठमाडौं । साधनाले खारिएकी गायिका हुन् मेनुका पौडेल । उनको स्वरको कमेन्ट गर्नेहरुले ‘कोइली’, ‘कोकिलकण्ठी’ भन्छन् । हुन पनि उनको स्वर यति मिठो छ की, सुनेपछि सुनिनै रहुँ लाग्छ । यतिबेला उनै सुमधुर स्वरकी धनी गायिका मेनुका पौडेलको स्वरमा नयाँ गजल गीत सार्वजनिक भएको छ ।

‘विनासित्ती’ बोलको गजलमा मेनुकाको माधुर्यताको कुरै गर्नु परेन । गीतकार मणी भट्टराईको शब्द सिर्जना पनि उतिकै उत्कृष्ट छन् । थुप्रै हिट गीत पस्किसकेका संगीतकार हरी लम्सालले शब्दलाई उचाई दिने र सबैको मनछुने संगीत दिएका छन् । गीतको एरेन्ज समेत लम्सालले नै गरेका हुन् ।

शब्द र संगीतलाई पछ्याउँदै गायिका पौडेलले पनि कर्णप्रिय स्वर दिएका छन् ।

आर्ट, लिट्रेचर एण्ड म्यूजिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको कमेन्ट बक्समा शब्द, संगीत र स्वरको तारिफ गरिएको छ ।
गीतको भिडियो साधारण बनाइएको छ । भिडियोमा गायिका स्वयं छिन्, गायिकाकै रुपमा गीत गाइरहेको देखाइएको छ ।
सन्दिपकुमार पण्डितले खिचेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु