• ‘मेरो जात हो नेपाली’ भन्दै कलाकारहरु

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

    काठमाडौं । सन्देशमुलक गीत ‘मेरो जात हो नेपाली’ सार्वजनिक भएको छ । गीतमा मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको छ ।

    यो गीत राष्ट्रिय भावले ओतप्रोत रहेको छ । ५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च – २०२२ को अवसर पारेर थप चेतना फैलाउनका लागि गीत सार्वजनिक गरेको कुरा सोही गीतको निर्माण पक्षले जनाएको छ ।

    यस गीतमा दिल्ली अधिकारीको स्वर रहेको छ भने भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको संगीत रहेको छ ।

    गीतको भिडियोमा शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, केकी अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापा आदिको अभिनय रहेको छ ।

    अजय रेग्मीको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु