मिनाको ‘यसपालीको तीजमा’ सुनिल र योगेन्द्रमणिको सहकार्यमा

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७६, बिहीबार
Mina Thapa

काठमाडौं । आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालसँग सहकार्य गर्दै गायिका मिना थापाले तीज गीत लिएर आएका छन् ।

आधुनिक गीतका संगीतकार सुनिल मास्केद्वारा पहिलो पटक संगीतबद्ध गरिएको तीजको गीत ‘यसपालीको तीजमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार योगेन्द्रमणि दाहालले उक्त तीज गीत रचना गरेका हुन् । गीतमा गायिका मिना थापको स्वर सुन्न सकिन्छ ।

 

प्रदीप श्रेष्ठद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा गोपाल घतानीले बाँसुरीवादन गरेका छन् भने धर्मा गन्धर्वले सारंगी तथा कुमार महाराजले रिदममा साथ दिएका छन् ।

युवराज वाइवा तथा विकास दाहालद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोमा अभिनेत्री हर्षिका श्रेष्ठ तथा सरोज दाहालले आकर्षक नृत्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु