‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७५, शुक्रबार

काठमाडौंं । राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ।गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नुत्य गरेका छन्।गीतमा कलाकारहरु जात्रामा नाचिरहेको देखाइएको छ। गीतको छायाँकन काभेमा गरिएको छ।गीतको गीतको लेखक वरिष्ठ गीतकार चेतन कार्कीै हुन् । गीतमा प्रताप दास र मेलिना राइको स्वर रहेको छ।गीतका कोरियोग्राफर राम जी लामिछाने हुन् । गीतमा वसन्त सापकोटा र किरण भुसालको संगीत रहेको छ ।
चलचित्रको डेव्यु निर्मात्री भुवन चन्द हुन् भने चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन्।शरण थापा चलचित्रका कार्यकारी निर्माता हुन्।चलचित्रका कथा अभिमन्यु निरवीले लेखेका हुन्।चलचित्रमा बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन रहेको छ।चलचित्रमा मीरुना मगर,निता ढुङ्गागाना,राज कुमार,वसुन्धारा भुसाल,मदन दास श्रेष्ठ,र श्याम राई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र जेष्ठ १० गतेबाट रिलिज हुने भएको छ।

भिडियो हेर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु