• आक्रोशित हुँदै ऋंखलाले भनिन् – लाइफको सबै कुरा खोतल्छु भनेर साइन गरेकी छैन

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । नेपालमा मिस नेपालहरुको लिस्ट लामो भइसकेको छ । यसमध्ये पूर्वमिस नेपाल श्रृंखला खतिवडा अन्य मिस नेपालको तुलनमा चर्चामा रहने गरेकी छिन् । चर्चासँगसँगै आलोचनाले उनलाई पछ्याइनै रहेका हुन्छन् । कहिले व्यक्तिगत सम्बन्ध त कहिले उनले सार्वजनिक रुपमा बोलेका बोलीनै चर्चा र आलोचनाका विषय बन्ने गरेका छन् । यी सब कुरालाई उनले वेवास्ता गर्दै आएकी छिन् । तर पछिल्लो समयमा चर्चासँगै अत्याधिक आलोचना भइरहको भन्दै उनी आक्रमक बनेकी छिन् ।

    सञ्जय गुप्ताको पछिल्लो पडकास्ट एपिसोडमा अतिथि बनेर पुगेकी उनले यो विषयमा मुख खोलेकी हुन् । मानिसहरुले आफ्ना व्यक्तिगत कुराहरुलाई कोट्याएको र मजाक बनाएको उनले बताइन् । आक्रोशित हुँदै उनले भनेकी छन् –‘के खोजिराख्या छन् थाहा छैन । तर त्यसको उत्तर मसँग छैन, दिंदा पनि दिन्न । कारण नै छैन । व्यक्तिगत जीवन कति खोतल्न खोज्या के ? म पब्लिक पर्सन हो थाहा छ तर म मिस नेपाल हुन्छु भनेर साइन गर्दाखेरि लाइफको सबै कुरा खोतल्छु भनेर साइन गर्‍या जस्तो लाग्दैन । कसैलाई केही बिगार्‍या छैन, कति पछि पर्‍या हुन् । केही पनि उत्तर छैन दिनलाई । के दिने उत्तर ?’

    कार्यक्रममा प्रस्तोता सञ्जयले सामाजिक सञ्जालमा आउने चर्चा र आलोचनाका बारेमा सोधेपछि यतिन्जेल मौन रहेकी ऋंखलाले आक्रोशित हुँदै भनिन् – ‘मबाट रियाक्सन खोज्या हो कि । यति चिढ्याउँदा पनि यो बोल्दिन भन्या हो कि । डेढ वर्ष भइसक्यो । कति चिढ्याइराख्या हो, अझै चिढ्याएका छन्, चिढ्याएका छन्,।’

    उनले यस्ता मानिसलाई जवाफ दिएर साध्य नहुने भएकाले यो विषयमा आफूले रियाक्सन नदिएको नदिने बताइन् । उनी भन्छिन्– ‘उत्तर दिए पनि पुग्दैन कहिल्यै पनि । त्यो मेन्टालिटीको प्रब्लम हो, मेरो प्रब्लम होइन । जे उत्तर दिए पनि मैले चेन्ज गर्न सक्दिन । हनुमानले जसरी छाती चिरेर देखाए पनि त्यो पर्याप्त हुँदैन,’ उनले भनेकी छन्, ‘जति धेरैजनाले चिन्न थाल्नुहुन्छ, त्यति धेरै विचार सिर्जना हुन्छ । एउटा कुरा मात्र मेरो नियन्त्रणमा हुन्छ, मैले आफूलाई के सोच्छु । राम्रो गर्ने, नराम्रो गर्ने मेरो नियन्त्रणको कुरा हो । जीवनमा मैले नियतवश कुनै नराम्रो गरेको छैन । मान्छेको दृष्टिकोण बदल्न सक्दिनँ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु