‘मिस नेपाल वर्ल्ड–२०२५’ बन्न सफल लुना लुइँटेलको व्यक्तित्व, रुची र लक्ष्य

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०८२, आईतवार १९:३३

काठमाडौं । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन्।

काठमाडौं निवासी २६ वर्षिया लुइँटेल अहिले अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनरत छिन् । ‘सिक, अध्ययन गर र फर्क’ भन्ने उद्देश्य राख्ने उनी नेपाल फर्किएर योगदान गर्न चाहने विदेशस्थित नेपालीलाई सघाउन चाहन्छिन् । उनी बाँसुरी बजाउनु, पडकस्ट सुन्नु र स्कुवा डाइभरको रुपमा पानीमुनिको संसारलाई विचरण गर्नु उनका रुचि हुन् । उनी पौडी खेल्न मन पराउँछिन् । यसअघि उनी मिस टिन २०१५ मा फस्ट रनरअप भएकी थिइन् । उनी जनस्वास्थ्यको परिवर्तनकारी नेतृत्व गर्न चाहिन्छन् । आफ्नो समुदायमा अर्थपूर्ण प्रभाव छाड्न उनी विश्वको शिक्षालाई स्थानीय तहमा फैलाउन चाहन्छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु