के प्रेममा छन् बिष्णु र मिस पबि? फेरि भेटिए अस्ट्रेलियामा एकसाथ !

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार २०:५६

अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्दै आएका व्यवसायी विष्णु सापकोटा र कलाकार एवं टिकटक स्टार मिस पवि बीच पुनः भेट भएको छ। उनीहरूको यो भेट अस्ट्रेलियामै भएको हो, जसले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। भेटका क्रममा दुवैले एक रोमान्टिक टिकटक भिडियो समेत बनाएका छन्, जुन भिडियो दर्शकहरूले निकै मन पराएका छन् र व्यापक रूपमा सेयर भइरहेको छ।

विष्णु र पवि पहिलेदेखिकै नजिकका साथी मानिन्छन्। पवि जब-जब अस्ट्रेलिया जान्छिन्, विष्णुलाई भेट्न नछुटाउने बताइन्छ। करिब ६ महिना अघि अष्ट्रेलिया पुग्दा पनि उनले विष्णुलाई भेटेकी थिइन् । त्यतिबेला पनि विष्णु र मिस पबी बीच कतै प्रेममा त छैनन् भनेर चर्चा भएको थियो । फेरि विष्णुले पनि आफ्ना गीतका म्युजिक भिडियोहरूमा मिस पविलाई नै मोडलको रूपमा प्राथमिकता दिने गरेका छन् । उनीहरूको मित्रता र सहकार्यले फ्यानहरूबीच अझ चासो र उत्साह बढाएको देखिन्छ ।

विष्णु र मिस पबी को प्रेम चर्चा गसिप मात्र हो या वास्तवमै प्रेम सम्बन्धमा छन्, त्यो उनीहरुलाई नै थाहा होला । तर, दर्शक तथा शुभचिन्तकले यो जोडी मन पराएका छन् । उनीहरुको प्रेम चर्चाले नेपाली रंग क्षेत्र गर्माएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु