• मिस पबीको सौन्दर्यको बयान गर्दै हिमाल सागर

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७९, आईतवार

    काठमाडौं । पछिल्लो समय आफ्नो क्षेत्रको भाषालाई स्थापित गर्ने उद्देश्यले टिकटकमा फरक प्रस्तुति दिएर चर्चा बटुलेकी मिस पबीको सौन्दर्यको बयान गर्दै गायक हिमाल सागर प्रस्तुत भएका छन् । गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वरमा रहेको गीत ‘आहा कति राम्री’मा मिस पबी र हिमाल सागरको अभिनय देख्न सकिन्छ । हेमन्त शिशिरको शब्द, संगीत र संगीत संयोजन रहेको यस गीतलाई कुमार रानाले मिक्सिङ गरेका छन् ।
    यस गीतको म्यूजिक भिडियोलाई शिवराज पौडेलले उत्पादन गरेका हुन् । भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् । निशल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियो पशुपति म्यूजिकको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु