‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायल प्रस्थान

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७८, सोमबार

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’की विजेता सुजिता बस्नेत ‘मिस युनिभर्स’कोे ७० औं शृंखलामा भाग लिन इजरायलतर्फ उडेकी छन् ।

त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतको टिमले शनिबार उनलाई बिदाइ गरेकोे हो ।

सुजिताले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसपटक नेपाललाई ताज जिताउने आशा व्यक्त गरिन् । उनले आफ्नो तर्फबाट उत्कृष्ट प्रस्तुति दिने पनि बताइन् ।

गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’को फाइनलमा सुजिताले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिएकी थिइन् ।

प्रतियोगिताका लागि उनले नेपालको पहिचान झल्कने एक पोशाक समेत तयार पारेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु