मोडलिङमा भविश्य खोज्दै समिर

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७७, आईतवार

काठमाडौं ।  समिर खान, मोडलिङमा भविश्य खोज्दै गरेका एक पात्र हुन् । सानै उमेरदेखिको कलाकारिताप्रतिको मोहलाई समिर यतिखेर पूरा गर्दैछन् । मोफसलको शहर राजविराजमा जन्मिएर काठमाडौंलाई कर्मभुमी बनाउँदै आएका उनी नेपाली म्युजिक भिडियोहरुमा छाउने सभ्भावना बोकेका छन् । ‘मानिस एक काम अनेक’ भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर पनि मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल व्यक्ति हुन् उनी ।

पेशाले व्यवसाय क्षेत्रमा दैनिकी चलाए पनि मन मुटुमा भने कलाकारिता छ । व्यवसायसँगै आफूलाई कलाकारितामा होमेका उनी यतिबेला भने कलाकारितामा सफलता पाएको अनुभव गर्छन् । मेहनत र निरन्तरता दिइयो भने जुनसुकै क्षेत्रमा पनि सफलता हात पर्छ भन्ने मान्यतामा उनी देखिने गरेका छन् । यो क्षेत्रमा आफ्नो लगावसँगै अरुको सल्लाह सुझाव लिएर काम गरियो भने एक दिन सफल भइन्छ भन्ने विश्वास लिएर उनी निरन्तर कलाक्षेत्रमा होमिएको बताउँछन् ।

पछिल्लो समय उनी कलाकारिताको लागी निकै मेहनत गरिरहेका छन् । मोडलिङमा लागेको छोटो समयमै सफलताको अनुभव गर्न पाएकोमा उनी दङ्ग पनि छन् भने आफूलाई चुनौति पनि आइपरेको बताए । आधा दर्जनभन्दा बढी सुगम संगीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेका उनी यतिखेर बाल्यकालको सपना पूरा गर्न लागेको बताउँछन् । यसो त उनी आफैंले पनि म्यूजिक भिडियोहरु निर्माण गरेका छन् । धेरै म्यूजिक भिडियो निर्माणमा आफ्नो लगानीसमेत गरेका उनले कला क्षेत्र बाँच आफ्नो कलाकारिता पनि बाँच्ने विश्वास लिन्छन् । समय अनुसार परिवर्तन हुँदै गइरहेको नेपाली मोडलिङ क्षेत्रलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सबैले पहल गर्नुपर्ने बताउँछन् । विदेशी भिडियोहरुमा लाखौं लगानी गर्ने गर्छन् र उत्कृष्टता पनि मिल्ने गरेको छ । कन्सेप्ट, गीतअनुसारको स्टोरी र लगानी गरियो भने हाम्रोमा पनि स्तरीय भिडियोहरुको निर्माण हुने उनी बताउँछन् । तर नेपालमा भएको साधन र स्रोतअनुसार भिडियोहरु पछिल्लो समयमा निर्माण भइरहेको छ, पक्कै परिवर्तन आउनेछ उनले भने – ‘यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्न पनि नयाँ काम गर्नुपर्ने अवस्था आइपरेको छ ।’

मोडलिङलाई आफनो मुख्य कर्मका रुपमा लिएका उनी इमान्दार, मेहनती र सक्षम व्यक्तिको रूपमा परिचित छन् । देशको लागि केही गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवामध्ये उनी पनि एक हुन् । नहेर मलाई त्यसरी, मायाको बजार, प्यारमा टेन्सन लगायतका गीतमा उनको अभिनय रहेको छ ।
क्रियटिभ इन्साइड मिडियाको आयोजना तथा शुभकामना मिडिया सोलुसनको म्यानेजमेन्टमा असोज २५ गते भएको नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्डमा उनी सर्वोकृष्ट म्युजिक भिडियो पुरुष मोडलको अवार्ड समेत चुम्न सफल भएका समिर छिट्टै नै फिल्ममा अभिनय गर्ने सोचमा छन् ।

सुगम संगीत एवं पप गीतमा अभिनय कलाको जादु छरेर एक भिन्न प्रकारको स्थान बनाउन सफल भएका समिर चलचित्रमा पदार्पणपछि पनि सबैको माया र सदुभाव मिल्ने बताउँछन् । कलाकारिता क्षेत्रलाई राम्रो र कुशल रुपमा अभिनय प्रस्तुत गर्नुपर्ने र सोखको रुपमा कला क्षेत्रलाई कसैले पनि हेर्न नहुने समिर बताउँछन् ।

‘मायाको बजार’ गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेपछि समिरका लागि करिअरको कोसेढुंगा सावित भएको हो । उनले अभिनय गरेको भिडियोहरुमध्ये यो उत्कृष्ट रहेको उनी बताउँछन् । सबै भिडियोमा उत्तिकै मेहनत गरे पनि उनलाई मायाको बजारले बजारमा स्थापित गराएको हो । पहिलो पटक अभिनय गर्दाको पल जीवनमा अविश्मरणीय बनेको बताउँछन् समिर । मैले १० पटक सम्म टेक खाएको तर आफुलाई क्यामेरा फेस गर्नको लागि शुरुको चरणमा निकै अफठ्यारो भएको अनुभव उनीसँग छ । तर जब क्यामेरालाई गुरु मानियो त्यसपछि सहजता मिल्दै गयो । जीवनमा शुरुवातमा म्युजिक भिडियोमा आएको प्रतिक्रियाले नै आफुलाई नयाँ जोस जागँर मिलेको बताउँछन् ।

समिर खानले म्युजिक भिडियोको अभिनयसँगै स्टेज कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुति दिँदै आइरहेका छन् । अभिनय तथा नृत्यमा रुची राख्ने समिर सुन्दर मुहार र आकर्षक जीउडालको धनी छन् । म्युजिक भिडियोको अलवा उनी अब छिट्टै विभिन्न सटमुभी र टेलिश्रृङ्खलामा देखिँदैछन् । ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु’, उनी भन्छन्, ‘मानव जीवन भनेको संघर्ष हो । मिहेनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफताको शिखर चढ्न सकिन्छ ।’ त्यसैमा आफुृ निकै आशावादी रहेको उनको धारणा रहेको छ ।
उनी भन्छन् ‘अभिनयमा आइसकें अब छोड्न सक्दिनँ ।’ आफु कलाकारितामा केही नयाँपनको आभाष दिनको लागि सघर्ष गर्छु, ।’ समिरलाई क्रिकेट अत्याधिक मन पर्छ र मौका मिलेमा साथीभाइहरु मिलेर घुम्नु उनको अर्को सोख हो । वास्तवमा जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ कलामा प्रतिबद्ध छन् समिर ।

-रोशन पोखरेल (म्यूजिक खबर पाक्षिकबाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु