• वरिष्ठ कलाकार मोहन निरौलाको जन्मदिनमा संघका अध्यक्ष महर्जनलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०८०, सोमबार

    काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जनलाई सम्मान गरेका छन् । नेपाल चलचित्र संघको ३९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका नरेन्द्र महर्जनलाई बधाई तथा सम्मान गर्दै निरौलाले जन्मदिन मनाएका हुन् ।
    कलाकार निरौलाले जन्मदिनको अवसरमा पाँचवटा बत्ती बालेर जन्मदिन मनाएका थिए । जन्मदिनमा केक भने उनले काटेनन् । केक काट्नु पश्चिमा शैली भएको बताउँदै उनले पाँचवटा बत्ती बालेर जन्मदिन मनाएका थिए ।
    कार्यक्रममा कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, संघका महासचिव सविन श्रेष्ठ, वरिष्ठक कलाकार उत्तम केसी, अभिनेता शिव श्रेष्ठ, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, कलाकार सविन बास्तोला, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार तुलसी गिरी भावुक, म्यूजिक भिडियो निर्देशक समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे लगायतको कलाकार पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम किम्चिी रेस्टुरेन्टको सभाहलमा भएको थियो । कार्यक्रमलाई वरिष्ठ पत्रकार शान्तिप्रियले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु