मिडिया काउन्सिल विधेयकविरुद्ध परिवर्तन नेपालको ध्यानाकर्षण

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार
Mohan Niroula

काठमाडौं । नेपाल सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकविरुद्ध परिवर्तन नेपालले ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधारको कार्य गर्दै आएकोमा निरुत्साहित बनाएकोमा आपत्ति प्रकट गरिएको छ ।


विज्ञप्तिको पूरा अंक यस प्रकार छ ः

नेपाल सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकमा उल्लेखित केही शब्दावलीका कारण हामी कलाकारहरु स्तब्ध बन्न पुगेका छौं ।
परिवर्तन नेपाल सधैं नेपालमा कलाकारिता क्षेत्रको विकास, समृद्धि र पेशागत स्वतन्त्रताको पक्षमा उभिदै आएको सर्वविदितै छ । सयौं नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै चलचित्र, लघुचलचित्र, वृत्तिचित्र, धारावाहिक टेलिचलचित्रमार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य जगजाहेर नै छ ।
मिडिया काउन्सिल बिधेयकमा चलचित्र, वृत्तचित्र, लघुचलचित्रलाई समेत मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण छ ।


हालै मात्र संसदमा पेश भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०७६ को दफा २ को उपदफा (छ) मा ‘विधुतीय प्रशारण तथा अनलाईन पत्रकारिता’ को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने कार्य स्वीकार्य हुन सक्दैन । चलचित्र, वृत्तचित्र र लघुचलचित्र समेतको दोहोरो नियमन गर्ने गरी ल्याउन लागिएको नेपाल मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपाल जोडदार माग गर्दछ । साथै नेपाल मिडिया काउन्सिलले टेलिभिजनबाट प्रशारित हुने धारावाहिक श्रृङ्खलाहरु समेतको नियमन हुने तथा त्यस्ता टेलिचलचित्रमा व्यक्त अभिव्यक्तिका विरुद्धमा समेत नेपाल मिडिया काउन्सिलमा उजुरी दर्ता भई कलाकारमाथि दण्ड जरिवना हुनसक्ने देखिएको छ । देखिन्छ । कलाकारहरुले स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने नसक्ने अवस्था आउन सक्नेतर्फ सबैको ध्यान आकषर्ण गराउदछौं ।

मोहन निरौला
केन्द्रिय अध्यक्ष
परिवर्तन नेपाल, पुतलिसडक काठमाडौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु