मोहितबंश र मेलिनाको ‘हाम्रो माया’

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । मोहितवंश आचार्य र मेलिना मैनालीको आवाजमा ‘हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ ।

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु