• देबी घर्तीको स्वरमा ‘कहाँ छौ कहाँ’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७६, बिहीबार ००:३५

    काठमाडौं । गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको ‘कहाँ छौ कहाँ’ बोलको मयूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा तयार भएको गीत बजारमा सावजनिक गरिएको हो । सोही गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

    ‘कहाँ छौ कहाँ’ गीतको म्युजिक भिडियोलाई बबिता श्रेष्ठको निर्देशन रहेको छ । भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् । उक्ती गीतको भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु