• लोकप्रिय गायक मौसम गुरुङलाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: ९ मंसिर २०८०, शनिबार

    काठमाडौं । लोकप्रिय गायक मौसम गुरुङलाई मातृशोक परेको छ । गायक गुरुङकी आमा दिल कुमारी गुरुङको ७६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । २०८० साल मङ्सिर ५ गते उहाँको निधन भएको हो भने उहाँको पार्थिव शरीरलाई सोही दिन राति नै जन्मथलो गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलमा लगेर अन्त्येष्टि गरिएको छ । उहाँ चार वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय दिल कुमारी गुरुङको तीन छोरा र एक छोरी रहेका छन् ।
    म्यूजिक खबर परिवार स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दैै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु