प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर–४’ को रिलिज मिती तय

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार
a-mero-hajur-4 ‘ए मेरो हजुर–४’

काठमाडौं । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् ।

कोरोना कहर कम हुँदै गएपछि चैतमा २५ मा भने सिनेमा घरमा प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न पाइने भएको छ ।

अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ रिलिज गर्ने घोषणा चलचित्रका निर्माता सुनिलकुमार थापाले गरेका हुन् ।

यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो ।

तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन्।

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।
सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ ।
तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु