• चलचित्र ‘माया बस्छ कि के हो’ को शिर्ष गीतमा अन्जु र सुगमको स्वर (भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: ६ पुष २०७७, सोमबार

    काठमाडौं । राजु अधिकारीको निर्देशन रहेको फिल्म ‘माया बस्छ कि के हो’ को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नव अभिनेता सोनाल तामाङ र नव अभिनेत्री कस्मता निरौला रोमान्टिक अवतारमा देखिएका छन् ।


    केही दिन अगाडि फष्टलुक सार्वजनिक गरिएको फिल्म प्रेमकथा बनेको हो । आरती अधिकारीको कथा रहेको फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी र निर्मातामा बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायाँकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो ।

    फिल्ममा सोनाल र कस्मताको अलवा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । फिल्मलाई चलचित्र घर खुलेपछि प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु