लिम्बू पत्रकार संघ उपत्यका समितिमा एमपी सुब्बाको नेतृत्व

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७६, बुधबार
MP Subba-Limbu Journalist

काठमाडौं । लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा मंंगलबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा उपाध्यक्ष सुक तुम्रोक, सचिव, महेश लिम्बू र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् ।

धनबहादुर फागो, सेन्छेलुङ पतङ्वा र कुलचन फोम्बो निर्वाचन मण्डल रहेको अधिवेशनले अविन लिम्बू, सारिका चोङबाङ, बिकेश लिम्बू, रोहित लिम्बू आङ्बो, सेरेहाङ लिम्बू, पर्शुराम लिम्बू, सोनिया लिम्बू, एशिका सम्बाहाङ्फ र दिलिप शेर्मालाई कायसमित सदस्य चयन गरेकोे छ । साथै, लिम्बू पत्रकार संघको विधानअनुसार अन्य २ सदस्य मनोनयन गर्ने जनाइएको छ

लिम्बू पत्रकार संघको केन्द्रीय महासचिव मिलन लिम्बू, फोनिजका उपत्यकाकी सचिव रोजिना लामा, नेपाल पत्रकार महासंघ काठमाडौंका सचिव मोहन पन्तलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न अधिवेशनले ११ जना केन्द्रीय पार्षद चयन गरेको छ ।
अधिवेशनले रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पतङ्वा, धनबहादुर फागो, रीतुहाङ थेवे, विश्व साम्याङखाम, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेवे, जीवन लिम्बू र कृष्ण थलङलाई केन्द्रीय पार्षद चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष एमपी सुब्बाले उपत्यका समिति काठमाडौंलाई सक्रिय बनाउँदै लैजाले बताए । उनले पछिल्लो समय राष्ट्रिय मिडियाहरुमा समेत लिम्बू समुदायका पत्रकारहरुको पुहुँच पुग्दै गएको अवस्थामा संघलाई अझ क्रियाशील गराई अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले भने, ‘लिम्बू समुदायबाट आएका पत्रकारहरु आफ्नो स्थानमा सक्षम छन् । तर, यसमा अझै दक्ष र सक्षम पत्रकार उत्पादनका लागि संघले गर्दै आएको विविधखाले कार्य र पहललाई सघाउ पुग्नेगरी उपत्यका समितिले कामकारबाही गर्दै जानेछ ।’ कार्यसमितिको तीन वर्षे कार्यकाल हुनेछ । सुब्बा हाल प्रभाव दैनिक, दृष्टि साप्ताहिक, स्क्रिन नेपालसँग आबद्ध छन् भने संगीत कला पत्रकार संघका कोषाध्यक्षसमेत रहेर कार्य गर्दै आएका छन् ।
म्यूजिक खबर परिवार अध्यक्ष सुब्बासँगै निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु