अन्तिम स्पर्धाको तयारीमा जुटे ‘मिष्टर नेपाल २०१८’का प्रतियोगीहरु !

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

काठमाडौं – ‘मिष्टर नेपाल २०१८’का प्रतियोगीहरु अन्तिम स्पर्धाको तयारीमा जुटेका छन् । देशका प्रमुख शहर काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका शहरमा आयोजित पहिलो चरणको अडिसनबाट छानिएका १८ युवा यहि १३ गते हुने अन्तिम स्प्रर्धाका लागि बन्द प्रशिक्षणमा जुटेका हुन् ।

कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्की लगायतका प्रशिक्षकले उनीहरुलाई प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणका क्रममा उनीहरुलाई स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण भइरहेको आयोजक एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले बताइन् । उनले प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी दिएकी छन् ।


युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य रहेको प्रतियोगीताको शिर्ष बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर वल्र्ड २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता समेत जनाउनेछ ।

१८ बर्ष देखि ३५ बर्षसम्मका प्रतियोगीको सहभागीता रहेको प्रतियोगीतामा मिष्टर वल्र्ड, मिस्टर नेपाल युनिभर्सल एबेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिसटर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगीताको शिर्ष विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्ने छन् भन्ने अन्य बिजेताले पनि बिभिन्न उपहार हात पार्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु