आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’ मा वाईवाईको सहकार्य

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७८, बुधबार २२:११

काठमाडौं । विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’को आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ ।

आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26