मिसेस नेपाल इन्टरनेशनल हुँदै

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७४, शुक्रबार

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिले घरेलु हिंसा विरुद्धको अभियानलाई अगाडि बढाउँदै मिसेस नेपाल इन्टरनेशनल २०१७ आयोजना गर्ने भएको छ । इभेन्ट निर्देशक निशु झाका अनुसार मिसेस नेपाल इन्टरनेशनल २०१७ का प्रतियोगीहरुलाई घरेलु हिंसा विरुद्धको अभियानमा अगाडि सार्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


विभिन्न पेशमा आबद्ध तथा गृहीणीका रुपमा रहँदै आएका बिबाहित महिललाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन यो प्रतियोगिता गर्न लागिएको झाले बताए । आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरुप स्कुटर पाउनुका साथै अमेरिका २०१८ मा हुने मिसेस इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने अवसरपाउने उनले बताए । विभिन्न पेशामा संलग्न उच्चाधिकारीका साथै प्रवुद्धवर्गको सहभाागिता रहने फाइनल प्रतिस्पर्धामा सुरुची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मीना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमीरे, रिया राई, सम्झना भेटवाल, सरु थापा, प्रिति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मिरा थापा भण्डारी, रिता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मीला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योती दहाल पनेरु, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पुजा लामा कुंवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तीका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मीला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमीत्रा कट्टेल, सारिका मल्ल प्रधान, सरस्वती मगर शाक्य र प्रेमा शाह कुँवर गरी ४३ महिलाले स्पर्धा गर्दैछन् ।


अभिनेता आर्यन सिग्देल र आयुष रिजाल, कोरियोग्राफर अश्विनी झा, होटल व्यवसायी वालकृष्ण पोखरेल, मिसेस नेपाल इन्टरनेशनल २०१६ की फष्ट रनर्सअप विन्दा खतिवडा र मिसेस नेपाल इन्टरनेशन २०१५ की सेकेण्ड रनर्सअप परिकल्पना राईको निर्णायक मण्डलले विभिन्न चरणमा भएको अडिसनबाट ४३ महिलालाई अन्तिम स्पर्धाको लागि चयन गरेका हुन् । प्रतियोगिताका प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने भएको छ । श्रद्धा खरेल र सम्राट शाहको संयोजक्वत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु