“मिसेस तामाङ नेपाल २०२० सिजन-३” को अडिसन सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

काठमाडौँ – एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको “मिसेस तामाङ नेपाल २०२०” को अडिसन सम्पन्न भएको छ । सामाखुशी स्थित स्काई रेष्ट्रो एण्ड बैंकटमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट २५ जना भन्दा बढी प्रतियोगीहरुको उपस्थिती थियो ।

तामाङ समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, समाजसेवी रोबिन तामाङ, निर्देशक तथा कलाकार रोशन फ्युबा, कलाकार समिर तामाङ, मिसेस तामाङ २०१६ शान्ति तामाङ, मिसेस तामाङ-२०१८ पाल्साङ तामाङ लगायत निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता लामाले गराईन। प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट तामाङ समुदायका बिवाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता लामाले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिनेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु