मनिता मिसेस नेपाल टुरिजम र अश्मिता मिस टिन टुरिजम बन्न सफल भए

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

काठमाडौं : पर्यटनका लागि संग संगै भन्ने मूल नाराका साथ सम्पन्न भएको “मिसेस नेपाल टुरिजम २०२०” को उपाधि बाफलकी मनिता रिसाल बुढाथोकीले हासिल गरेकी छन् । नयाँ बानेश्वर स्थित अर्याल ईण्टरनेशनल होटलमा सम्पन्न यो प्रतियोगितामा उनले मिसेस नेपाल टुरिजमका साथै मिसेस क्याटवाल्क र मिसेस ट्यालेण्ट उपाधि पनि पाइन् । त्यसैगरी मिस टिन टुरिजम २०२० को उपाधि अश्मिता कलाखेतिले चुम्न सफल भएकी छिन। उनले उपाधि संगै मिस ट्यालेण्ट तथा मष्ट फोटोजेनिक उप-उपाधि समेत हात पार्न सफल भएकी छिन।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा आरती माया लामाले पब्लिक च्वाइस बिजेता र बेष्ट हेयर, चन्दा दाहाल अधिकारी फस्ट रनर अप र बेष्ट स्किन, बन्दना राज भण्डारी सेकेन्ड रनर अप र बेष्ट स्माइल, अमृता गिरी थर्ड रनर अप र मष्ट फ्रेन्डली घोषित भएका थिए। त्यसैगरी मिस टिन टुरिजम २०२० को फर्स्ट रनरअप, य़ुट्युब बेष्ट भ्युज र मिस क्याटवाल्क पासाङ भोटे तथा सेकेण्ड रनरअप र फेसबुक च्वाइस रोजिना तिवारीले उपाधि जित्न सफल भएका थिए। मिसेस नेपाल टुरिजम अन्तर्गत प्रतियोगितामा आरती सिंह बेष्ट पर्सानिलिटि, निशा खरेल युट्युब बेष्ट भ्युज र फेसबुक च्वाईस, रोशनी बडे मष्ट डिसिप्लिन घोषित भए ।

अश्विनी झाको कोरियोग्राफी तथा संचालनमा सम्पन्न सो प्रतियोगितामा बरिष्ट अभिनेता कृष्ण मल्ल, संचारकर्मी सुर्य चन्द, मिसेस नेपाल इन्टरनेशनल-२०१८ चन्दा थापा गिरी, चलचित्र निर्देशक समुन्द्र भट्ट र संगीतकार सरोज प्याकुरेल निर्णायक थिए । प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु