मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा केसी मिस वल्र्डमा सहभागी

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

काठमाडौं । यस वर्षको मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान गर्नुभएको छ । डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उहाँले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहनुभएकी दिक्षा मिसेस वल्र्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैहुनुहुन्छ । उहाँले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै हुनुहुन्छ ।
स्टेला द मेक अप स्टुडियोको श्रृङ्गारमा प्रस्तुत हुन लाग्नुभएकी दिक्षालाई हाल अमेरिकामै वसोवास गर्दै आइरहनुभएकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्नुहुने छ । उहाँले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि श्रीगणेश सुनचांदी पसलवाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्दैहुनुहुन्छ ।
दिक्षाले यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन हुनुभएको थियो र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वल्र्डमा सहभागिता जनाउँदै हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु