मुकेशको शब्द, संगीत र स्वरमा हृदयस्पर्शी गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार १७:१५

काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिल (Foeseal)ले म्युजिक डिरेक्सन गरेको हुन् ।
देशकोअहिलेको बैदेशिक रोजगारीको बिषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजीक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ । भिडियोमा नायक बिशाल पहारी, बिन्दा खतिवडा जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ ।
भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल (INSIDE Mucase ) बाट सार्वजनिक गरिएको हो ।
गायक मुकेशका यसअघिका गीतहरुलाइ पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु