भोलि गायक मुरलीधर एकल साँझ हुने

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

काठमाडौं । गायक तथा संगीतकार मुरलीधरले शुक्रबार ‘एकल गायन साँझ’ गर्ने भएका छन् । नेपाली गायन क्षेत्रका पुराना गायक तथा संगीतकार मुरलीधरले भोलि शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म एकल साँझ गर्ने भएका हुन्।

सो कार्यक्रम नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यका साथ लागेको नेपाल केन्द्रको आयोजनामा काठमाडौँको बत्तीसपुतलीस्थित बाजेको सेकुवामा हुन लागेको हो।

कार्यक्रममा दर्शकलाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको र त्यसमा गीत(संगीतलाई माया गर्ने सीमित दर्शकलाई मात्र सहभागी गराउने तयारी रहेको आयोजक संस्था नेपाल केन्द्रका अध्यक्ष निर्मलकुमार थापाले जानकारी दिए।

वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएकाले पुराना कलाकारको संरक्षण गरी शास्त्रीय संगीतलाई जीवित राख्नका लागि सो कार्यक्रमको आयोजना गरिएको समेत अध्यक्ष थापाले बताए।

मुरलीधरले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’, ‘चिसो चिसो सिरेटोमा’ लगायतका थुप्रै गीत गाएका छन्।

म्यूजिक खबर डटकम www.musickhabar.com को अनलाइन टिभी musickhabar youtube channel पनि सञ्चालित छ । फेसबुक, टिकटक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । म्यूजिक खबरमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई musickhabar.com@gmail.com मा पठाउनु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु