‘उडायो सपना सबै हुरीले’ सँगै गुञ्जिए मुरलीधर

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७९, शनिबार

काठमाडौं । गायक, गजलकार तथा संगीतकार मुरलीधरको हिजो शुक्रबार ‘एकल गायन साँझ’ सम्पन्न भएको छ । शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म भएको सो एकल साँझमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल केन्द्रको आयोजनामा काठमाडौँको बत्तीसपुतलीस्थित बाजेको सेकुवामा भएको सो कार्यक्रममा नेपाली कला र साहित्यलाई माया गर्ने दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली कला, सभ्यता, संस्कृतिप्रतिको प्रेमलाई आफ्नो अभिनय र सिर्जानामार्फत व्यक्त गर्न पोख्त रहेका मुरलीधर लामो समयसम्म देश बाहिर रहेर फर्कँदा पनि दर्शक तथा स्रोताको उस्तै माया पाउँदा निकै हर्षित देखिन्थे ।

वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएको बेला शास्त्रीय संगीतलाई जीवित राख्नका मुरलीधरको निकै योगदान मानिन्छ । उनले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’,‘चिसो चिसो सिरेटोमा’ लगायतका थुप्रै गीत गाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु