• मुरलिधरको ‘तिमीलाई रोजे’ को रिरेकर्ड पुनः राजेशपायल राईको आवाजमा

    म्यूजिक खबर
    प्रकाशित: ७ श्रावण २०७९, शनिबार

    काठमाडौं । राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ‘तिमीलाई रोजे’ आफ्नो स्वरमा रि(रेकर्ड गरी म्युजिक भिडियो सहित सार्वजनिक गर्नेछ्न् ।

    रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतपछि गायक पायलले ‘‘बैगुनी रैछौ मायालु’ एल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डिङमा परेको थियो । गुरुपुर्णिमाको अवसरमा पारी आज लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राई बिच उक्त गीतलाई पुन नयाँ साज सज्जाका साथ पुनः रेकर्ड गरी चाँडै रिलिज गरिने आपसी समझदारी भएको छ । साथै राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य गर्ने भएका छन् । राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनीसँग मेरो सदैब सहकार्य रहिरहने र हामी दुईको हरेक सांगीतिक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताए ।

    त्यस्तै प्रशन्न मुद्रामा गायक राजेशपायल राई भन्छन– ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यस्को नयाँ भर्सनको लागि मुरलिधर दा सँगको पुनः सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यस्लाई पहिला भन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न म कटिबद्ध रहनेछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु