• साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक होः प्रधानमन्त्री देउवा

    म्यूजिक खबर
    प्रकाशित: २१ असार २०७९, मंगलवार

    काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभा सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको १२ औँ प्राज्ञ सभाको उद्घाटन गरिएको होे ।
    कार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक हो भन्नुभयो । उहाँले सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य सम्पदा हुन्, जसलाई सङ्गीत नाट्य जस्ता प्रदर्शन कलाले चलायमान र उर्जावान् बनाईरहन्छन् भन्नुभयो । सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान भनेको कला र कलाकारहरुको संस्था हो भन्दै देशमा लोकतन्त्रको स्थापना तथा संरक्षणमा कलाकारहरुले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग भएको बताउनुभयो ।

    यस्तै संस्कृति पर्यटन तथानागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्नु भयो ।
    प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र अडिटोरियम हल सहितको सुविधा सम्पन्न भवनको डिपिआर समेत तयार भएको बताउनु हुँदै यसका लागि राज्यले विशेष चासो दिनुपर्ने बताउनुभयो ।
    उद्घाटन सत्रपछि प्रज्ञाप्रतिष्ठानको सभा सदस्यहरु सम्मिलित बन्द सत्र सुरु भई वार्षिक आय व्यय लगायतका प्रतिष्ठानको अबको कार्ययोजना सहितको एजेण्डा माथि छलफल भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु