यो वर्ष बिन्ध्यबासिनी म्यूजिक अवार्डले गर्दैछ यी धरोहरलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

काठमाडौं । १३ औं बिन्ध्यबासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ ।
बिन्ध्यबानिी फाउन्डेसनले बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रहेको सो कार्यक्रम मा अग्रज संङ्गीतकार प्रकाश गुरुङ लाई रु १ लाख धनरासी सहित बिन्दबासिनि लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९ समर्पण गर्ने कुरा फाउन्डेसनले जानकारी गराएको छ ।

यस अघि यो सम्मानबाट गायक तथा सङ्गीतकार भक्तराज आचार्य , संगीतकार माणिकरत्न, गीतकार किरण खरेल, संगीतकारअम्बर गुरुङ, गीतकार दिनेश अधिकारी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार रत्न शमशेर थापा, संगीतकार शक्ति बल्लभ, गायक कुमार बस्नेत, गायक योगेश बैद्य र गीतकार बिश्व बल्लभ जस्ता अग्रज श्रष्टाहरु सम्मानित भइसकेका छन् ।

त्यसैगरि बिन्ध्यबासिनी म्युजिक ले यो बर्ष को संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङ लाई समर्पण गर्ने भयको छ । पचास हजार नगद सहित सुक्मीतलाई सम्मान गर्ने निर्णय भएको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् ।

त्यसैगरि नेपाली संगीत क्षेत्रको श्रीबृद्धिका लागि बिगत २५ बर्षदेखि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले यो अवार्ड यस वर्ष पत्रकार भट्टराईलाई दिन निर्णय गरेको हो । २५ हजार धनराशीको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संगीत र श्रस्टाको प्रबर्द्धन र बिकासमा योगदान पुर्याएवापत पत्रकार भट्टराईलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष शर्मा रेग्मीले बताइन् ।

त्यसैगरि नगद २५ हजार धनराशीसहितको ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ गायक संगीतकार भबिन ढुङ्गानाले प्राप्त गर्नेछन । यसअघि ूबिन्ध्यवासिनी संगीत रत्नू सम्मानबाट गायिका अन्जु पन्त बि.सं. २०७१, गायक राजेश पायल राई बि.सं.२०७२, गायक रामकृष्ण ढकाल बि.सं.२०७३, गायिका रिमा गुरुङ होडा बि।सं। २०७४, गायक तथा संगीतकार सुगम पोखरेल बि.सं. २०७५, संगीतकार हरि लम्साल बि.सं. २०७६, गायिका मान्डवी त्रिपाठी बि.सं. २०७७ मा सम्मानित भएको फाउन्डेसनले उल्लेख गरेको छ । सम्मानको आठौँ संस्करणबाट सो सम्मान अग्रज श्रष्टा प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै ‘प्रेमध्वज संगीत रत्न सम्मान’ नामाकरण भएको थियो । त्यस लगत्तै गायक संगीतकार अजर जंगमले बि.सं. २०७८ मा यो सम्मान पाएका थिए ।

यसपटकको विन्ध्यवासिनी म्युजिक अवार्डमा झलकमान लोक संगीत सम्मान समेत गरिने छ । यस सम्मानका बिषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सिफारिस पत्र पर्खिरहेको, पत्र प्राप्ति पछि यो बिषयमा निर्णय गर्ने कुरा फाउन्डेसनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु