पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघ नेपाल

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७७, शनिबार
paras mukarung

काठमाडौं । संगीतकार संघ नेपालले पारस मुकारुङको नेतृत्वमा नयाँ नेतृत्व पाएको छ । शान्तिराम राईको नेतृत्वमा रहेको यस संघको दशौं वार्षिक साधारणसभाबाट मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, द्वितीय उपाध्यक्ष अष्ट लामा, महासचिव वसन्त सापकोटा, सचिव सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी र कालिप्रसाद बास्कोटा रहेका छन् ।
म्यूजिक खबर परिवार संघको नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु