‘चौथौ म्युजिक खबर म्युजिक अवार्ड–२०१५’ मा आनन्द र अञ्जु उत्कृष्ट गायक गायिका

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७२, मंगलवार

काठमाडौं । ‘चौथौ म्युजिक खबर म्युजिक अवार्ड–२०१५’ मा अञ्जु पन्तले ‘सर्वोकृष्ट सुगमसंगीत’ महिलातर्फको अवार्ड पाइन् । उनले ‘धेरैलाई बाँड्दा’ बोलको गीतबाट अवार्ड आफ्नो पोल्टामा पारेकी हुन् भने गायक आनन्द कार्की ‘देउरालीको ढुंगा हुँ’ गीतबाट सुगमसंगीत पुरुषतर्फ ‘सर्वोकृष्ट गायक’ ठहरिए । त्यस्तै विश्व देवकोटाको ‘अन्तरध्वनी’ले ‘सर्वोकृष्ट एल्बम’ को अवार्ड पाएको छ ।
सोमबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा ‘सर्वोकृष्ट संगीतकार सुगमसंगीत’ हरि लम्साल र गीतकार सुगमसंगीततर्फ हरि विष्टले अवार्ड पाए । ‘कस्तो माया लाइयो’ गीतबाट लम्साल र ‘निष्ठूरीको छेउमा रुनु’ मार्फत विष्टले अवार्ड पाएका हुन् । कार्यक्रममा संगीतकार विकाश चौधरीले ‘पब्लिक च्वाइज अवार्ड’ पाए ।

music-award-2015-anju-hari
त्यस्तै, ‘सर्वोकृष्ट युगल सुगमसंगीतको अवार्ड गायकद्वय प्रमोद खरेल र शिव परियारले पाए । उनीहरुले ‘आफ्नै जीन्दगी’ बोलको गीतबाट अवार्ड पाएका हुन् । विभिन्न ३१ विधामा प्रदान गरिएको अवार्डमा ‘सर्वोकृष्ट चलचित्र संगीतकार अर्जुन पोखरेल चलचित्र ‘स्टुपिड मन’, ‘सवोकृष्ट गजल’ डब्बु क्षेत्री ‘साउनको भेलजस्तो’ र ‘सर्वोकृष्टभूकम्प गीत भिडियो निर्देशक’ डिनेश डिसीले अवार्ड पाए भने सर्वोत्कृष्ट भुकम्प गीतको अवार्ड भने डा.आशबहादुर तामाङले अवार्ड चुमे । । डिसीले ‘ढल्यो धरोहर’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, ‘सर्वोकृष्ट नवप्रतिभा सुगमसंगीत’ मनोज महतो ‘चोली लाउँछु’ र महिलातर्फ ‘न म तिम्रो हुन सकेँ’बाट गायिका रोशनी अधिकारीले अवार्ड पाइन् भने सर्वोकृष्ट म्युजिक भिडियो मोडल सुगमसंगीत’ पुरुषतर्फ गजिट विष्ट र महिलातर्फ आशिस्मा नकर्मीले अवार्ड पाएका छन् ।

music-award-krishnahari
म्युजिक भिडियो निर्देशनतर्फ भने ‘किन रोयौ ए चरी’मार्फत समन अधिकारी ‘उत्कृष्ट’ भए । ‘ध्वनी मुद्रण’ मा मित्र लामा र संगीत संयोजन सुगमसंगीततर्फ विपिन आचार्यले अवार्ड पाए । मित्रले ‘आँशु झारी’ र आचार्यले ‘जिउने कोशिस’ गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, ‘सर्वोकष्ट पाश्र्व गायक’ को अवार्ड युवराज चौंलागाईंले पाए । उनले चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनुँ’ गीतमार्फत अवार्ड पाएका हुन् भने ‘उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाण्डवी त्रिपाठीले चलचित्र ‘लज्जा’ को गीत ‘मात लाग्यो’बाट उत्कृष्ट भइन् । चलचित्रतर्फ गीतकारको अवार्ड डा. कृष्णहरि बरालले पाए भने लोकदोहारी लयमा विरही कार्कीले अवार्ड पाए । कार्कीले ‘जुनकिरी’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् ।

musickhabar (2)
त्यस्तै लोकदोहोरीतर्फ म त फूलझैं बोलको गीतबाट चार विधामा अवार्ड चुमेको छ । म त फूलझैंबाट गायिका मुना थापा मगर उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने निर्देशक शंकर बिसी, मोडल नारायण ढकाल र नवगायक सञ्जय फ्राउन्डफेल्डरले अवार्ड चम्न सफल भए भने सम्झना भण्डारीले तोरी भएछ बोलको गीतबाट नवगायिका लोकदोहोरीको अवार्ड चुमिन् । सर्वोत्कृष्ट गायक बद्री पंगेनी, सर्वोत्कृष्ट लोकगीतबाट राजु परियार, शब्द लोकदाहोरी रमेश बिजी ‘झल्को आउँछ’, सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला रातो पछ्यौरीबाट पार्वती गराईले अवार्ड चुम्न सफल भए ।

nepal army music khabar award

जूनकिरी बोलको गीतबाट लोकदोहोरी लयतर्फ विरही कार्कीले अवार्ड पाए भने  राष्ट्रिय भावको अवार्ड भने माधवप्रसाद खरेलले ‘मेरो झण्डा’ गीतमार्फत अवार्ड हात पारेका छन् । त्यस्तै मेरो आफ्नै इतिहास छ बोलको राष्टिय भावको गीतबाट राजन ठकुरीले जुरी अवार्ड चुमे भने तिमीलाई माया गरें बोलको गीतबाट रेवत राईले इन्करेजमेन्ट अवार्ड चुम्न सफल भए ।

 त्यस्तै, पप गायनमा कृष्ण काफ्ले र महिलातर्फ एञ्जिला रेग्मीले अवार्ड पाए भने पपगीत संगीततर्फ दीपक शर्मा उत्कृष्ट भए । ‘माया बस्यो’ गीतमार्फत दीपकले ‘उत्कृष्ट पपसंगीत’ को अवार्ड पाएका हुन् ।

music-award-2015-arjun

विभिन्न सांगीतिक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा अन्य अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको थियो । म्युजिक खबर डटकमद्वारा आयोजित कार्यक्रममा कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराईलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित ‘म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, प्रवासको भूमिमा रहेर पनि नेपाली गीतसंगीतको प्रबद्र्धनमा जुटेका गायक ‘म्युजिक खबरडायस्पोरा संगीत सम्मान’ कुमार पुनलाई प्रदान गरिएको छ । कार्यक्रममा विश्वकै कम उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका सौगात विष्ट र बालगायनमा पछिल्लो समय चर्चा पाएकी गायिका दर्शना महर्जनलाई ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०७२’ सम्मान गरिएको छ ।

अवार्डमा नेपाली सेनाको जंगी अड्डाको तर्फबाट २४ जना नेपाली सेनाको टोलीले सारंगी धूनसँगै अवार्डको सुरुवात गरेका थिए भने शंकर बिसी समूह, गजित विष्ट समूहले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक आनन्द कार्की, गायिका अन्जु पन्त, गायक राजु परियार, युवराज चौलागाईं र दुर्गा परियारले गीत गाएर सांगीतिक प्रस्तुति दिएका थिए भने दीपकराज गिरी, दीपश्री निरौला, माग्ने बुढालगायतले हाँस्यव्यंग्यमार्फत् दर्शकलाई दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
अवार्डमा गोसाईंकुण्ड बाथरोग सेन्टर, पृथ्वी इन्टरटेनमेन्ट, म्याग्दी धौलागिरी गहना पसल, प्रभु बैंक, चेसुङ वाइन, नवोदित स्कुल एण्ड कलेजलगायतका व्यवसायिक संस्थाहरुको सहयोग रहेको थियो । अवार्डलाई निर्देशक एवं अवार्डका अफिसियल एमसी दिनेश डिसीले संचालन गरेका थिए ।

music-award-2015-anju music-award-2015-gajit music award-shankar music award-anjila music award-parbati dipak-dipa-magne-music music award musickhabar (5) musickhabar (1) music-award-2015-mandabi music-award-2015-yubaraj musickhabar (4) musickhabar (3)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु