नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

काठमाडौं । नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड’ भोलि शुक्रबार हुँदैछ । सांगीतिक क्षेत्रको सबैभन्दा पुरानो अनलाइन पत्रिका म्यूजिक खबर डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्डको दशौं संस्करण हो । सांगीतिक क्षेत्रका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरिदैछ ।
काठमाडौंस्थित लैनचौर बैंक्वटमा दिनको १ः ०० बाट शुभारम्भ हुने अवार्ड कार्यक्रमको तयारी पूर्ण रुपमा पूरा भएको आयोजकले जनाएको छ ।
यस फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरु सम्मानित पनि हुनेछन् । म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरिने भएको छ ।
त्यस्तै दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ ।
म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ ।
त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई सम्मान गरिन लागिएको हो ।
अवार्ड समारोहमा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुति दिने भएका छन् । लोकप्रिय गायक–गायिकाहरु देबि घर्ति, राजु गुरुङ, टिका प्रसाईं, सरोज लामिछाने, टंक तिमिल्सिना, अनिता चलाउने, शंकर बिसी, लोसिना लामिछाने, रुविना अधिकारी, रिना थापा लगायतको प्रस्तुति रहने छ । त्यसैगरि लोकप्रिय हाँस्यकलाकार सन्दिप क्षेत्रीको समेत प्रस्तुति रहनेछ ।
त्यस्तै गायक तथा संगीतकार अशोक कुमार राईको संयोजनमा सांगीतिक धून प्रस्तुति रहनेछ । जसमा भरत बुढाथोकी, धनबहादुर गुरुङ, अनिल थापा, पोषण घर्ती, छेवाङ तेन्जिङ लामा, प्रभात लामा, गोपाल देव, सूर्य पूर्वछाने मगरले सांगीतिक धून प्रस्तुत गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु