• म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान, रिता र प्रकाश उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

    काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो ।
    त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान अर्पण गरियो भने बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो ।
    वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद राशिसहित म्यूजिक खबर कला पत्रकारिता सम्मान अर्पण गरियो भने पत्रकार चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान अर्पण गरियो । गीतकार राम अबिरल र गीतकार राम चन्द्र ढकाललाई म्यूजिक खबर स्रष्टा सम्मान अर्पण गरियो ।
    दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा गायिका रिता केसी र गायक प्रकाश तिमिल्सिना उत्कृष्ट गायक गायिका छनौट भए । गायिका रिता केसीले मान्छेहरुले नि गीतबाट अवार्ड चुमेकी हुने भने गायक तिमिल्सिनाले साँचो माया गीतबाट अवार्ड चुम्न सफल भए । कार्यक्रमलाई जिएनएन एचडीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
    अवार्डमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा पूर्व मेचीदेखि महाकालीसम्मका मौलिक धूनहरु प्रस्तुत भएका थिए । जसमा बाँसुरीमा धनबहादुर गुरुङ, तबलामा भरत बुढाथोकी, मादलमा षोषण घर्ती, अनिल थापा, सारङ्गीमा सूर्य पूर्वछाने मगर, बाँसुरी गोपाल देव, ट्ङ्गनामा छेवाङ्ग तेन्जिङ लामा र प्रभात लामाले वाद्यवादनमा साथ दिएका थिए ।
    गायक रामकृष्ण ढकालको गायन प्रस्तुति रहेको थियो भने शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक राजु गुरुङ, गायिका देवी घर्ती, सरोज लामिछाने, टंक तिमिल्सिनाले मौलिक गायन प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा दशौं वर्षसम्म सहकार्य गर्ने आयोजक कमिटि, सल्लाहकार, प्रायोजक लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

    अवार्ड प्राप्त गर्नेहरुको सूचि निम्नानुसार रहेको छ

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    जय जय हो नेपाल — शान्तिराम भट्टराई

    सर्वोत्कृष्ट पप गीतकार
    रमेश दाहाल – कौवा करायो

    सर्वोत्कृष्ट पप संगीतकार
    सरोज प्याकुरेल – नो मनी फनफनी

    सर्वोत्कृष्ट पप गायक
    चिरञ्जीवी भण्डारी – त्यो दिन सम्झ

    सर्वोत्कृष्ट पप गायिका
    सोफिया थापा – तड्का तड्का

    सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला
    रिता रावत – माया गरम्ला

    सर्वोत्कृष्ट लोकगीत पुरुष
    झल्को मात्रै आँखामा – रमेश पाठक

    सर्वोत्कृष्ट लोकगीत महिला
    फालहान्छु मस्र्याङ्दीमा गै – रेजिना परियार

    सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी
    विश्वास नेपाल – सालको पात उडायो बतासैले

    सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरी
    गोविन्द सोनी – सेतो सेतो कमेरो माटो

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
    निक्स शर्मा – कालो ऐना

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
    रविना भण्डारी – उही खोलीमा पानी २

    सर्वोत्कृष्ट भिडियो निर्देशक÷कोरियोग्राफर लोकदोहोरी
    काजिश श्रेष्ठ – झम्के फूली

    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    प्रकाश पराजुली – सरर भागौंला
    जुरी अवार्ड गीतकार लोकदोहोरी
    कमल सरगम– माया गरम्ला

    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    खेम सेन्चुरी – मन परेको मान्छे

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    रञ्जित परियार – हार लाएर जाउ

    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    कालिका रोका – मुग्लिन पुल तरी

    पब्लिक च्वाइस अवार्ड गायिका
    श्रीदेवी देवकोटा– सरर हावा पिपलुको
    सर्वोत्कृष्ट लोकदोहोरी गीत
    शीरफूल शीरको – ईशवर सिंह÷शान्ता रानी परियार

    सर्वोत्कृष्ट कल्चरल गीत गायक
    झुल्केघाम हेरुँला – आरके गुरुङ

    सर्वोत्कृष्ट कल्चरल गीत गायिका
    माया रिमै – निशा गुरुङ

    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन महिला
    तारा थापा

    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन पुरुष
    चिज गुरुङ

    सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
    मधुर बस्नेत – मुग्लिन पुल तरी

    सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक
    मिलन विश्वकर्मा – नाइँ नाइँ नभन

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
    सागर लम्साल – हो हो नि माया

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
    समिक्षा क्षेत्री – किन मरिनँ म

    पपुलर मोडल अफ दि इयर महिला
    पूजा शर्मा– नथिया

    पपुलर मोडल अफ दि इयर पुरुष
    उमेश भट्ट – सान्बाबु

    सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
    देवेन्द्र पाण्डे – गाउँले ठिटो

    सर्वोत्कृष्ट संगीत संयोजन आधुनिक
    आमोश तामाङ – सलल सलल

    सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
    किशोर थापा – छुटेपछि त छुट्यो

    सर्वोत्कृष्ट चलचित्र गीतकार
    दिग्गज द्यौराली – पीडा भए नि (म यस्तो गीत गाउँछु २)

    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    एलिश कार्की – हर युग होस् (प्रेम गीत–३)

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    प्रविशा अधिकारी – हर युग होस् (प्रेम गीत–३)

    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    युवराज चौलागाईं – सम्झना बिर्सना (सम्झना बिर्सना)

    सर्वोत्कृष्ट गजल
    जमानत गुमायौ – ध्रुव अम्गाईं

    सर्वोत्कृष्ट नवप्रतिभा
    आयुष्मान विष्ट – पोखरेली नानी

    सर्वोत्कृष्ट युगल गायन आधुनिक
    प्रविन बेडवाल र दुर्गा खरेल –नथिया

    सर्वोत्कृष्ट गीतकार आधुनिक
    चेतन खतिवडा – हिजो आज

    सर्वोत्कृष्ट गीतकार डायस्पोरा आधुनिक
    डोन कार्की – कर्मको गति

    सर्वोत्कृष्ट संगीतकार आधुनिक
    अर्जुन पोखरेल – नथिया

    पब्लिक च्वाइस अवार्ड
    अनिर मास्के – विरानो यो गाउँमा

    जुरी अवार्ड संगीतकार
    दिपकराज विश्वकर्मा सुनैको दरबार

    सर्वोत्कृष्ट गायक आधुनिक
    प्रकाश तिमिल्सिना –साँचो माया

    जुरी अवार्ड गायक
    आनन्द कार्की – कर्मको गति

    सर्वोत्कृष्ट गायिका आधुनिक
    रिता केसी – मान्छेहरुले नि

    सर्वोत्कृष्ट गीत आधुनिक÷पप
    धोकेबाज – एलिना चौहान

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु