चितवनकी चेली तिवारीलाई संगित स्टार २०१८को अवार्ड

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार

चितवन । संगित स्टार २०१८को डान्सिङ तर्फको अवार्ड चितवनकी चेली मनिला तिवारीले जितेकी छन् । देशभरका दुई हजार एक सय ८० जनालाई पछि पार्दै भरतपुर महानगरपालिका ११ भोजाडकी मनिला तिवारीले अवार्ड जितेकी हुन् ।

संगीत फिल्मी प्रा.लिले देशका विभिन्न जिल्लामा पुगेर अडिसन लिएको थियो । एक वर्ष अघि सुरु भएको संगित स्टार २०१८को फाईनल फागुन १२ गते राति काठमाण्डौँमा भएको थियो । अवार्ड संगै तिवारीले दुई लाख नगद प्राप्त गरेकी छिन् । म्यूजिक भिडियो रेकर्ड र युके घुम्नका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै संगीत स्टार २०१८को डान्सिङ तर्फ वेष्ट पफमर मोरङ्की आयुसा श्रेष्ठ, फष्ट रनरप इटालीकी निर्जला बराईली र सेकेन्ड रनरप पुजा उप्रेती भएकी छिन् । गायन तर्फ मुस्ताङका विशाल गौचनले अवार्ड जितेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु