• संगीतकार राजेन्द्र बजगाईंले मनाए अनाथ बालबालिकासँग जन्मदिन

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

    काठमाडौं । पछिल्लो समय लोकप्रिय बटुल्दै गरेका संगीतकार तथा संगीत संयोजक राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् । उनले स्नेह बाल आश्रममा पुगेर आफ्नो जन्म दिन मनाएका हुन् । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हाँस्य कलाकार शुलेमान शँँकर (इकु)ले संचालन गरेको आश्रममा पुगेर उनले जन्मदिन मनाएका हुन् ।

    संगीतकार बजगाईंले आश्रममा १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री प्रदान गरेका छन् । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उनले जन्मदिन मनाएका थिए । ‘बिगतमा मनाएको जन्मदिनभन्दा फरक अनुभव रहेको बताउँदै संगीतकार बजगाईले सामाजिक सेवासँगै जन्मदिन मनाउन पाउनु पवित्र कार्य भएको महसुस भएको बताए । आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उनले सो क्रममा व्यक्त गरेका छन् ।

    स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु