म्यूजिक खबर म्यूजिक अवार्डमा राष्ट्रकविलाई दीर्घ साधना सम्मान मनोजराज र काव्य सर्वोत्कृष्ट गायक गायिका

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७३, शुक्रबार

पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान२०७३’ बाट अर्पण गर्दै म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भयो । राष्ट्रकवि घिमिरेलाई २५ हजार ५ सय ५५ राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । अवार्डमा मनोजराज शिवाकोटी (बलवान हुन्थें…) र काव्य आचार्य (निचोरेर मुटु दिएँ…) बोलको गीतबाट सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुम्न सफल भए । त्यस्तै गीतकार नृपध्वज खड्काको पल्लवी सर्वोत्कृष्ट एल्बमका रुपमा अवार्ड चुम्न सफल भयो भने सर्वोत्कृष्ट गीतकार जे गर्दा नि बोलको गीतबाट लोकराज अधिकारीले अवार्ड चुमे । त्यस्तै संगीतकार महेश खड्काले ऐना हेरेरै बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड चुमे ।

7fe5c02f-cb04-426e-afb4-2bbed68328e0
त्यस्तै लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक गणेश गुरुङ (सल्ला धुपैले…) र गायिका शर्मिला गुरुङ (हैन अरुको…) बोलको गीतबाट सर्वोत्कृष्ट गायक गायिका घोषित भए । सर्वोत्कृष्ट शब्द लोकदोहोरीको अवार्ड रमेश बी.जी.को हैन अरुको… गीतले अवार्ड चुम्न सफल भयो भने सर्वोत्कृष्ट भाकाको अवार्ड राजन ठकुरीको बाटो मोड्ने छैन.. बोलको गीतले प्राप्त ग¥यो । त्यस्तै घाम लाग्यो शितलु भयो गीतबाट सर्वोत्कृष्ट लोकगीतको अवार्ड रमिला न्यौपानेले चुम्न सफल भइन् ।

da37ecf6-9801-4b5b-a4ee-f4b88ee7ec4c
पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक स्वरुपराज आचार्य हुन सफल भए भने सर्वोत्कृष्ट पाश्र्व गायिका अन्जु पन्त बनिन् । स्वरुपराज आचार्यले चलचित्र प्रेमगीतको म त अलपत्र… बोलको गीतबाट अवार्ड चुमेका हुन् भने प्रेम गीतकै म यस्तो गीत गाउँछु… बोलको गीतबाट अन्जु पन्त सर्वोत्कृष्ट पाश्र्व गायिका बन्न सफल भएकी हुन् । त्यस्तै प्रेम गीतबाट नै अर्जुन पोखरेलले सर्वोत्कृष्ट संगीतकारको अवार्ड चुमे ।


कार्यक्रममा सर्वोत्कृष्ट पप गायनतर्फ गायिका दुर्गा खरेलले काले काले बोलको गीतबाट अवार्ड चुमिन् भने राजेश हमालले कट्दैन चिसो रात बोलको गीतबाट अवार्ड चुमे । सर्वोत्कृष्ट पप संगीतकारतर्फ भने कल्याण सिंह तिमीलाई हेर्ने… बोलको गीतबाट अवार्ड चुम्न सफल भए ।

b3bf0bc2-8d9a-4ccf-a661-c7be8d5b5ae9
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी कफिल लामा, सर्वोत्कृष्ट मोडल लोकदोहोरी महेन्द्र गौत र रश्मी तामाङ बन्न सफल भए भने सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका मिरा गिरी र सर्वोत्कृष्ट नव गायक लोकदोहोरी मोहन खड्का बन्न सफल भए । सर्वोत्कृष्ट लोकगीत भने विरही कार्कीको एक्लै छु आमाको साथ छैन सर्वोत्कृष्ट बन्न सफल भयो । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत सुरज श्रेष्ठ पृथ्वी पारी बोलको गीतबाट सर्वोत्कृष्ट बन्न सफल भए भने सनम कठायत र सुप्रिया कटवालले सर्वोत्कृष्ट मोडल सुगम संगीतको अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट छायाँकार हरि हुमागाइँ (कोपिलामा सुन हुन्छ…) र सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार (त्यो छुट्ने दिन) ले अवार्ड चुम्न सफल भए ।
अवार्डमा सर्वोत्कृष्ट गजल आजभोली बोलजबाट माधव निर्दोषले चुम्न सफल भ एभने युगल गायनमा दुर्गा परियार र दिपक लिम्बूले जिन्दगीको छहारीमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट ध्वनि मुद्रणको अवार्ड बरु मै मरुँला बोलको गीतबाट किशोर थापाले अवार्ड चुम्न सफल भए भने कोपिलामा सुन हुन्छ बोलको गीतबाट विष्णु अधिकारीले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए ।

4fe986e2-47c9-4518-a6d5-8bc9a4607348
त्यस्तै सर्वोत्कृष्ट नवगायक सुगम संगीततर्फ परशुराम रिजालले अवार्ड चुमे भने सर्वोत्कृष्ट नवगायिका सुगम संगीततर्फ विजु पण्डितले अवार्ड चुमिन् । त्यस्तै वर्षको पपुलर सिङ्गर अफ दी इयरबाट प्रमोद खरेल ओइ झुमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने पपुलर मोडल अफ दि इयर रञ्जिता गुरुङ बन्न सफल भइन् । इन्करेजमेन्ट अवार्डबाट रामकुमार गुरुङले अवार्ड चुमे भने पब्लिक च्वाइस अवार्ड रविन्द्र राईको त्यो छुट्ने दिनले प्राप्त ग¥यो ।

अवार्ड कार्यक्रममा यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार पत्रकार रमण घिमिरेलाई प्रदान गरियो । घिमिरेलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहतिको पुरस्कार दिइएको हो । त्यस्तै म्यूजिक खबर सिङ्गर अफ दि डिकेडबाट तिलक बममल्ललाई सम्मान गरियो भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट गायिका कल्पना गुरुङ र कलाकार चन्द्रकुमार राईलाई सम्मानित गरियो । त्यसैगरी म्यूजिक खबर बाल प्रोत्साहन सम्मानबाट दैलेखका गायक डेकेन्द्र थापालाई सम्मान गरियो ।

9ad8e21b-2847-4d9d-81d0-7a8add889eca

कार्यक्रमलाई न्यूज २४ टेलिभिजन र रेडियो रियाजले प्रत्यक्ष प्रसारण गरेको थियो भने फिल्मीखबर साप्ताहिक र प्रभात दैनिकले अवार्डको अफिसियल मिडियाको रुपमा सहकार्य गरेको थियो । अवार्डलाई कुसुम बुटिक लाजिम्पाट, एभरेष्ट बैंक, डिभाइन वाइन, गरुडा हाउजिङ बालाजु, बीजी मल नयाँ बसपार्क, सिभिल बैंक, कोका कोला, समीक्षा ट्रेडर्स, शिवदर्शन डिजिटल, जूनकिरी रोधी क्लब, शान्ति इन्टरटेनमेन्ट, पृथ्वी इन्टरटेनमेन्ट, नवोदित कलेज, चेसुङ, बुढासुब्बा म्यूजिक लगायतले सहयोग र सहकार्य गरेका थिए । कार्यक्रमलाई निराजन भण्डारी, निरु श्रेष्ठ र प्रदीप निरौलाले संचालन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं गीतसंगीत क्षेत्रका अग्रजदेखि अनुजसम्मको उपस्थिति रहेको थियो ।

85e4bee5-49dd-4071-9941-1dac144c1db7

पाँचौ म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ जसअवसरमा मैले भुल्न नहुने मेरा आयोजक टिम, प्राविधिक टिम, सल्लाहकार, सम्पूर्ण संगीतकर्मी, कलाकार, गायक गायिका, गीतसंगीत एवं चलचित्र क्षेत्रका सम्पूर्ण शुभचिन्तक, प्रायोजक, संघसंस्था, प्रत्यक्ष सहकार्यमा जुट्ने न्यूज २४ टेलिभिजन, रेडियो रियाज, प्रभात दैनिक, फिल्मीखबर साप्ताहिक एवं सम्पूर्ण सञ्चारकर्मी तथा संचारमाध्यम लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनेहरुमा हार्दिक आभार प्रकट गर्दै अवार्ड चुम्न सफल सबैमा बधाई एवं शुभकामना ।

614dcdf7-afbe-4d31-8c1c-7867e7f1f814

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु